कोशीको जलसतह खतराको बिन्दुमा पुग्याे, सचेत रहन मध्यराति मन्त्रीको सन्देश

डिसी नेपाल
६ साउन २०७७ १:०२
8
Shares

काठमाडौं। अविरल वर्षाका कारण कोशी नदीमा बाढी आएपछि जलस्तर खतराको बिन्दुमा पुगेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार राती १२ बजेपछि कोशी नदीको बाढी मापदन केन्द्र चतरामा जलस्तर खतराको बिन्दुमा पुगेको छ।

ऊर्जामन्त्री बर्षमान पुनले आइतबार मध्य राती सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश पोस्ट गर्दै सप्तरी र सुनसरीका तटीय क्षेत्रका वासिन्दाहरुलाई सचेत रहन अपील गरेका छन्।

बाढी सम्बन्धि सूचना दिने ‘नेपाल बाढी सूचना’ले पनि मध्यराती १२ बजे सूचना दिँदै सचेत रहन अनुरोध गरेको छ। सूचनामा भनिएको छ, ‘कोशीनदी चतरा बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेकोले राती १२ बजे खतरा आसपास पुग्न सक्ने, सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा हुनेहरूभोलि विहान सम्म उच्च सतर्कता साथ सुरक्षित रहनुहोला।’
कोशी ब्यारेजको जलस्तरबारे भने केही खुलाइएको छैन। र ब्यारेजको ढोका खोल्ने विषयमा पनि केही जानकारी दिइएको छैन।

आइतबार रातीसम्म नारायणी, अरुण र तमोर नदीमा जलसतह खतराको बिन्दुभन्दा माथि पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *