एनआरएनए अमेरिकाज क्षेत्रको बैठक र ज्ञानसम्मेलनको तयारी

डिसी नेपाल
६ साउन २०७७ ११:४९

वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्यवय समितिको अमेरिकाज् क्षेत्रीय कमिटीले यो क्षेत्रको एनआरएन आईसीसी क्षेत्रीय सम्मेलन र ज्ञान सम्मेलनको आयोजना सेप्टेम्बर ५ र ६ तरिकमा क्यानडामा गर्ने गरी आयोजक समिति बनाउने निर्णय गरेको छ।

अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा जुलाई २० तारिक सोमबार बसेको आइसीसीको क्षेत्रीय बैठकले त्रिपाठीकै अध्यक्षतामा आयोजक समिति बनाउने निर्णय गरेको हो।

आयोजक समितिमा ४ जनालाई संयोजक बनाइएको छ । क्षेत्रीय संयोजक तथा आयोजक समितिका अध्यक्ष त्रिपाठीका अनुसार, अमेरिकामा रहेकी उमा कार्की थापालाई, क्यानडामा रहेकी बिमला सापकोटा, अमेरिकामा रहेका राम पोख्रेल र क्यानडामा रहेका गोपाल काफ्ले संयोजकहरु तोकिएका छन्।

आयोजक समितिमा दक्षिण अमेरिकी देशहरुबाट चिलीमा कार्यरत सरोज अर्याललाई सदस्य तोकिएको छ। त्यसैगरी सदस्यहरुमा यो क्षेत्रका सबै आईसीसी सदस्यहरु र अमेरिकी तथा क्यानडाका एनआरएन राष्ट्रिय समितिका अध्यक्षहरु सदस्य तोकिएका छन्।

अमेरिकाज् क्षेत्रको ज्ञान सम्मेलनका लागि बैठकले डा. लक्ष्मी पाठकको संयोजकत्वमा नलेज कमिटी बनाएको छ। सो कमिटीको सहसंयोजकहरुमा अमेरिकाबाट डा. आमोद पोख्रेल र क्यानडाबाट नारायण घिमिरे चयन भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *