बीपी स्मृति दिवशको अवसरमा वृक्षा रोपण
मुगु। पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक विश्वश्वर प्रसाद कोइराला (बीपी)को ३८ औं स्मृति दिवशको अवसरमा मंगलबार मुगुमा वृक्षा रोपण गरिएको छ।
मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका वडा नं ५ झाँपगाढमा रहेको बीपी पार्कको क्षेत्रमा बीपी चिन्तन प्रतिष्ठान र स्कुल अफ डेमोक्रेसी मुगुको आयोजनामा वृक्षा रोपण गरिएको हो।
नेपाली काँगे्रस लगायत यसका भातृ तथा शुभेच्छुक सस्थाहरुले विभिन्न दिवश, जन्मोत्सव र स्मृति दिवशको अवसरमा सो क्षेत्रमा वृक्षा रोपण गर्दै आएका छन्। खुल्ला बाँझो पाखोमा बर्षेनी विभिन्न जातका रुखहरुका विरुवा वृक्षा रोपण गर्दा अहिले सो क्षेत्र हरियाली जंगलमा परिणत हुँदै गएको छ ।
वृक्षा रोपण कार्यक्रममा काँगे्रस जिल्ला सभापती खड्क बहादुर शाही, छायाँनाथ रारा नगरपालिका प्रमुख हरिजंग शाही, मुगुम कार्मारोङ्ग गाँउपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामा, काँगे्रस सचिव दोय मन्जन कार्की, गजेन्द्र बहादुर मल्ल, बीपी चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष सिंह बहादुर मल्ल, स्कुल अफ डेमोक्रेसी मुगुका अध्यक्ष लोकेन्द्र बहादुर मल्ललगायत सहभागी भएका थिए ।
बीपी पार्कमा घेरवार र संरक्षण गरिएकाले यहाँ रोपिएका विरुवाहरुको राम्रो संरक्षण भएको छ। धुपी, लौठ सल्लो, देवदार, मसला, रिठो, बकाईनो, गयालोलगायत दर्जन बढी जातका विरुवाहरु रोपण गरिएको स्कुल अफ डेमोक्रेसीका जिल्ला अध्यक्ष लोकेन्द्र बहादुर मल्लले बताए।
वृक्षा रोपणपछि भएको स्मृति सभामा बोल्दै पार्टी सभापती खड्क बहादुर शाहीले बीपी विचार र सिद्धान्त बोलीमाभन्दा काँगे्रसजनहरुले व्यवहारमा उर्तान सहभागीहरुलाई आग्रह गरे। छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले वर्तमान अवस्थामा बीपी विचार र बीपीको मेलमिलाप नीतितले मात्र देश विकास गर्न सवै पक्षलाई समेटने भएकाले अझै पनि बीपी विचार र नीतिको महत्व बढदै गएको बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment