बोनम्यारो पीडित शिखालाई तेस्रो आँखाको सहयोग

डिसी नेपाल
७ साउन २०७७ २०:५१

दैलेख। दैलेखको नारायण नगरपालिकाकी बोनम्यारो पीडित शिखा कोईरालाको उपचारार्थ दैलेखबाट प्रकाशित हुने ‘हाम्रो तेस्रोआँखा दैनिक’ले आर्थिक सहयोग गरेको छ । सिभिल हस्पिटल काठमाडौंमा उपचार गराइरहेकी शिखाको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले दैलेख जिल्लावाट प्रकाशन हुँदै आएको हाम्रो तेस्रोआँखा दैनिक पत्रिकाले सहयोग गरेको हो।

हाम्रो तेस्रोआँखा दैनिकको तर्फवाट ३ हजार १ सय १ रुपैयाँ शिखाको एनएमवी वैंकमा रहेको खाता नम्बर ००१०१२१५६४८०००१७ मा सहयोग रकम जम्मा गरिएको पत्रिकाका प्रकाशक मनोज थापाले जानकारी दिए ।

बिगत केही समय यता बोन म्यारो रोगसँग लड्दै आएकी शिखाको बोनम्यारो ट्रासपलान्ट सफल भएको छ । शिखाकी वहिनी कल्पना कोइरालाले बोनम्यारो डोनेसन गरेकी हुन्। दुवै दिदी बहिनी शिखा र कल्पनाको स्वास्थ्य स्थिति सामान्य रहेको परिवार स्रोतले जनाएको छ ।

बोनम्यारो पिडित शिखाको उपचारका लागी दैलेख जिल्लाका विभिन्न संघ, संगठन, दैलेख जिल्ला घर भई हाल विभिन्न जिल्ला र देश वाहिर वस्दै आएका दैलेखी मनहरुले सहयोग रकम प्रदान गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *