सीतापाइलामा युवतीमाथि एसिड प्रहार

डिसी नेपाल
८ साउन २०७७ २१:२८

काठमाडौं। काठमाडौंको सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ। बिहीबार साँझ ती युवतीमाथि एसिड प्रहार भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ताले जानकारी दिएका छन्। उनले युवतीलाई उपचारका लागि कीर्तिपुर अस्पतालमा लगिएको जानकारी दिए।

प्रहरीले एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ। सयम्भु प्रहरी बिटका एक प्रहरी अधिकारीले आफू घटनास्थलमै रहेको र एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको डिसी नेपाललाई जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *