मलेसियाका जेल तथा डिटेन्सन सेन्टरमा रहेका १२६ नेपाली स्वदेश फिर्ता, अझै ७५ नेपाली फर्कदैँ

डिसी नेपाल
९ साउन २०७७ १५:१४

काठमाडौँ । मलेसियाका जेल तथा डिटेन्सन सेन्टरहरुमा रहेका १२६ जना नेपाली स्वदेश फिर्ता भएका छन्। कोरोना महामारीका कारण मलेसियामा समस्यामा परेका नेपाली फर्काउन उडाइएका चार्टर्ड जहाजमार्फत हालसम्म मलेसियाको विभिन्न जेल तथा डिटेन्सन केन्द्रहरुमा रहेका १२६ जना नेपाल फर्किसकेको क्वलालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

त्यसैगरी आउँदो २९ जुलाइमा हुने हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत पनि जेलर डिटेन्सन केन्द्रहरुमा रहेका थप ७५ जना नेपालीहरुलाई फर्काइन लागेको दूतावासले जनाएको छ । सो उडानमा फर्किन लागेका उनीहरुमध्ये ५५ जनालाई हार्वेस्ट मून ट्राभल्स एण्ड टुर्स प्रालिले निःशुल्क हवाई टिकट उपलब्ध भएको दूतावासले जनाएको छ ।

दूतावासले जेल तथा डिटेन्सन केन्द्रहरुमा रहेका नेपालीलाई केही जानकारी, सूचना तथा विवरण चाहिएमा हटलाइन ०१६२४७२७७७ मार्फत वा जेल शाखाको इमेल [email protected] मार्फत समेत सम्पर्क गर्न सकिने जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *