सागका पदक विजेता खेलाडीलाई सम्मान

डिसी नेपाल
१० साउन २०७७ २०:२९

काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता खेलाडी छिरिङ गुरुङ र कास्य विजेता विजय बुर्जालाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । सन्दकपुर गाउँपालिका–५, जमुना निवासी नेपाली पुरुष फुटबल टोलीका डिफेन्डर छिरिङलाई ५० हजार र वडा नं ३ सुलुबुङका बुर्जालाई २० हजार रुपियाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *