कोरोना प्रभावितलाई उद्यमशील बनाइने

डिसी नेपाल
११ साउन २०७७ १५:०७

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा कोभिड–१९ बाट प्रभावित व्यक्तिहरुलाई उद्यमशील बनाउन आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ। कोरोनाका कारण रोजगारी गुमाएका तथा कोरोना सङ्क्रमित परिवारलाई आयआर्जनमा जोड्न संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा यस्तो योजना ल्याइएको हो।

नगरपालिकाले जिल्ला लघुउद्यमी सङ्घमार्फत १५० जना व्यक्ति छनोट गरी उद्यमशीलतासँग जोड्ने जनाएको छ । राष्ट्रिय लघु उद्यमी महासङ्घका कार्यवाहक अध्यक्ष कविराज खत्रीले अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न कार्यक्रम शुरु गरिएको बताए। कार्यक्रमअन्तर्गत कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सीमान्तकृत, अति विपन्न वर्गलाई छनोट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइनेछ।

“युवाहरुको रुची तथा चाहनाअनुसार व्यावसायिक तथा सीपमूलक तालीम प्रदान गरी नयाँ उद्यमी बनाइनेछ,” उनले भने, “तालीमपश्चात् बजार भएको सम्भावित स्थानमा उद्यम व्यवसाय सञ्चालन गर्न सक्छन् ।” व्यवसाय सञ्चालनका लागि सेवाप्रदायक संस्थाले व्यवसाय शुरु तथा सुधारसम्बन्धी तालीम सञ्चालन गर्ने, सीपअनुसारको व्यवसाय सञ्चालनका लागि उपयुक्त प्रविधि उपलब्ध गराउने, आवश्यक पर्ने आर्थिक रकमका लागि वित्तीय संस्थासँग समन्वय गर्नेलगायतका सहयोग गर्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *