लघु औद्योगिक ग्राम निर्माणको काम तीव्र
काठमाडौं । लघु तथा साना उद्यमीहरुको उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण कार्यले तीव्रता पाएको छ। वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय परिसरमा निर्माणाधीन औद्योगिक ग्रामको ८५ प्रतिशत काम सम्पन्न भएको जनाइएको छ।
निर्देशनालयका प्रमुख मुकुन्दनाथ योगीले अबको छ महिनाभित्रै औद्योगिक ग्राम सञ्चालनमा आउने बताए। सात करोड २४ लाख ८२ हजार लागतमा निर्माण भइरहेको ग्राममा छ वटा ब्लक छन्। यहाँबाट कर्णाली प्रदेशका साना उद्यमीहरुलाई तालिम, उनीहरुका उत्पादन र बजारीकरणसम्बन्धी कार्यहरु गरिनेछ।
यस अघि सङ्घीय सरकार मातहत रहेको औद्योगिक ग्राम गत वर्ष प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई हस्तान्तरण गरिएको थियो । निर्देशनालयले औद्योगिक ग्राम सञ्चालनसम्बन्धी निर्देशिका बनाउने तयारी शुरु गरेको जनाएको छ । ग्राम निर्माणले कर्णालीको लघु उद्यम क्षेत्रको प्रर्वद्धन तथा उत्पादित सामग्रीको बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कर्णालीमा हालसम्म औद्योगिक ग्राम नहुँदा यहाँका लघु उद्यमीहरुले बजारीकरणको समस्या झेल्नुपरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment