साइप्रसमा मोटर साइकल दुर्घटनामा नेपाली युवतीको मृत्यु

डिसी नेपाल
१२ साउन २०७७ १६:२४

काठमाडौँ। साइप्रसमा एक नेपाली युवतीको मोटर साइकल दुर्घटनामा ज्यान गएको छ। २६ जुलाइ आइतबार राति करिब २: २० बजे काम सकेर कोठा फर्किने क्रममा मोटर साइकल दुर्घटनमा परेकी धादिङकी रेनुका कोइरालाको निकोसियास्थित अस्पताल पुर्याउँदै गर्दा मृत्यु भएको साइप्रस प्रहरीलाई उद्धृत गर्दे एनआरएनए साइप्रसले जनाएको छ।

मृतक कोइराला बिद्यार्थी भिसामा साइप्रस पुगेकी थिइन्। एनआरएनए साइप्रसका अनुसार उक्त घटनाका मोटर साइकल चालक र मोटर साइकललाई प्रहरीले नियन्त्रणमा लिइ सकेको छ। आवस्यक छानबिन पश्चात दोषीलाई दिइने उचित सजायका लागि एनआरएनएले माग समेत गरेको छ।

आवश्यक कागजी काम सकिए लगत्तै परिस्थिति सामान्य बने मृतकको शव नेपाल पठाइने एनआरएनएले जनाएको छ। घटनाबारेमा इजरायलस्थित नेपाली दूताावास र होनररी कन्सुलरको कार्यालय निकोसियामा जानकारी गराइसकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *