फरार अभियुक्त पक्राउ

डिसी नेपाल
१३ साउन २०७७ १०:५६

सुर्खेत । प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका विभिन्न जिल्ला प्रहरी कार्यालयले अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा मुद्दाका फरार अभियुक्तको खोजीकार्य तीव्र पारेका छन्। प्रदेश प्रहरीले पछिल्ला चार दिनयता सल्यान जिल्ला प्रहरी कार्यालयबाट मात्रै २७ जनालाई पक्राउ गरेको जनाएको छ।

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय भुक्तान बाँकी रहेका उनीहरुलाई पक्राउ गरी सम्बन्धित अदालतससमक्ष बुझाएको प्रदेश प्रहरी कार्यालयद्वारा जारी पे्रस नोटमा जनाइएको छ। ती अभियुक्तहरुबाट एक वर्ष छ महिना कैद तथा २८ हजार ७१३ जरिवाना असुल गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सल्यान प्रहरीले यही साउन ९ गते कुटपिट मुद्दाका चार, नाताकायम र लुटपाट मुद्दाको एक/एक गरी छ, साउन १० गते सवारी ज्यान मुद्दाका तीन, करकाप, सम्बन्धविच्छेद र विविध मुद्दाका एक/एक गरी छ अभियुक्तलाई पक्राउ गरी सल्यान जिल्ला अदालतमा बुझाइएको छ।

त्यस्तै यही साउन ११ गते सवारीज्यान मुद्दा, चेक अन्धर मुद्दाका दुई/दुई, सम्बन्धविच्छेद, गाली बेइज्जत, जारी मुद्दा तथा करकाप मुद्दाका एक/एक गरी आठ र हिजो (सोमबार) कर्तव्य ज्यान, सवारी ज्यान, जबर्जस्ती करणी, केही सार्वजनिक मुद्दा, जारी मुद्दा, लुटपाट, सम्बन्धविच्छेद मुद्दाका गरी सात जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *