विश्व टेस्ट च्याम्यिनसिपको अंकतालिकामा ईङल्यान्ड बलियो स्थितिमा
काठमाडौं । घरेलु टोली ईङल्यान्डले ३ खेलको टेस्ट सिरिजको अन्तिम तथा निर्णायक खेलमा वेस्टईन्डिजलाई २६९ रनको विशाल अन्तरले पराजित गर्दै सिरिज २–१ ले जितेको छ । सिरिजको पहिलो खेलमा पाहुना टोली वेस्टईन्डिजले ४ विकेटले जित हातपार्दे श्रंखलामा १–० ले अग्रता बनाएको थियो । तर अन्तिम दुई खेलमा ईङल्यान्ड विजयी हुदै सिरिज माथि कब्जा गर्न सफल भयो ।
यो सिरिज सकिए संगै आईसीसीले विश्व टेस्ट च्याम्पियनसिपको अंक तालिकामा फेरबदल गरेको छ । वेस्टईन्डिज संगको जितसंगै ईङल्यान्डले
आफुलाई अंक तालिकाको तेस्रो स्थानमा बलियो बनाएको छ । अब ईङल्यान्डको विश्व टेस्ट च्याम्यिनसिप कुल २२६ अंक भएको छ । तेस्रो टेस्ट अघि उसको १८६ अंक रहेको थियो । ईङल्यान्डले अन्तिम टेस्ट जित्दा आफ्नो खातामा ४० अंक जोडन सफल भयो । साथै वेस्टईन्डिजले दुई खेल हारेपछि अंक तालिकाको सातौं स्थानमा यथावत रहेपनि रनरेटमा टिमलाई घाटा भएको छ ।
आईसीसी विश्व टेस्ट च्याम्यिनसिपको अंकतालिकामा ३३६ अंकका साथ भारत पहिलो स्थानमा, २९६ अंकका साथ अष्ट्रेलिया दोस्रो स्थानमा रहेको छ । अंक तालिकाको तेस्रो स्थानमा ईङल्यान्ड रहदा १८० अंकका साथ न्यजिल्यान्ड चौंथो स्थानमा, १४० अंकका साथ पाकिस्तान पाचौं स्थानमा रहेको छ, भने छ्रैठौं स्थानमा रहेको श्रीलंकाको ८० अंक रहेको छ ।
सिरिजमा दुई खेल हारेको वेस्टईन्डिज ४० अंकका साथ सातौं स्थानमा रहदा २४ अंकका साथ दक्षिण अफ्रिका आठौं स्थानमा रहेको छ । पुछारमा रहेको बङलादेशले अहिले सम्म कुनैपनि अंक बटुल्न सकेको छैन ।
Facebook Comment