ओलम्पिक आयोजनाका लागि कतारको आवेदन

डिसी नेपाल
१४ साउन २०७७ १०:४२
4
Shares

काठमाडौं । कतारले सन् २०३२ मा आयोजना हुने ओलम्पिक र प्याराओलम्पिक प्रतियोगिता आयोजना गर्न औपचारिक आवदेन पेश गरेको कतार ओलम्पिक कमिटीले जनाएको छ।

कतार छनौट भएमा ओलम्पिक खेलकुद प्रतियोगिता आयोजना गर्ने पहिलो मध्यपूर्वी राष्ट्र बन्नेछ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)समक्ष अष्ट्रेलिया, भारत, इन्डोनेशिया र जर्मनीले पनि प्रतियोगिता आयोजना गर्न इच्छा व्यक्त गरेका छन्।

यसअघि सन् २०१६ र सन् २०२० मा पनि ओलम्पिक प्रतियोगिता आयोजना गर्नका कतारले प्रक्रिया अगाडि बढाएको भएपनि छनौटमा पर्न सकेको थिएन। सन् २०२२ को विश्वकप फुटबल प्रतियोगिता भने कतारमा नै आयोजना हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *