कोरोनाकालमा टेस्टपछि अब एकदिवसीय क्रिकेटको पालो, बिहिवार आयरल्यान्ड र ईङल्यान्ड भिडदै

डिसी नेपाल
१४ साउन २०७७ २२:२७

काठमाडौं । कोरोनाकालमा टेस्ट क्रिकेटपछि अब एकदिवसीय क्रिकेटको सुरुवात हुदैछ । बिहिवार देखि आयरल्यान्ड र ईङल्यान्ड बिच ३ खेलको एकदिवसीय सिरीज ईङल्यान्डको साउथ हैम्पटनमा सुरु हुदैछ । यो सिरीज संगै आईसीसी एकदवसीय सुपर लिगको पनि सुरुवात हुनेछ । तिन बर्षसम्म चल्ने सुपर लिगको शिर्ष ७ मा पर्ने टोलीलै सोझै २०२३ को एकदवसीय विश्वकप क्रिकेटमा स्थान बनाउने छ ।

विश्वकप क्रिकेटको उपाधि जितेपछि ईङल्यान्डले घरेलु मैदानमा खेल्न लागेको यो पहिलो एकदिवसीय सिरीज हो । टेस्ट सिरीजमा लगातार टाउको दुखाई बनेको बर्षा एकदिवसीय सिरीजमा नहुने आशंका गरिएको छ ।

प्रतिस्पर्धाका आधारमा ईङल्यान्ड भन्दा कमजोर देखिएको आयरल्यान्डको टोलीमा पोल स्टर्लिङ, विलियम पोर्टरफील्ड, केविन ओ ब्रायन जस्ता खेलाडीहरुले कडा चुनौति दिने देखिन्छ । बायड रैनकिन, टीम मूर्तघ जस्ता बलरहरु ईङल्यान्डका लागि टाउको दुखाई पक्कै हुनेछन ।

वेस्टईन्डिज संगको टेस्ट सिरीज पछि ईङल्यान्डका शिर्ष ५ खेलाडीहरुलाई आराम दिईएको छ । जो रुटको अनुपस्थितिमा आयरल्यान्ड बिरुद्व ३ नम्बरमा जेम्स वीनसले ब्याटिङ गर्ने निश्चित देखिन्छ । जस बटलरको ठाउमा सैम बिलिङस विकेट किपरको भुमिकामा देखिनेछन । यद्यपि टिममा ईङल्यान्डका फर्स्ट इलेवन कतिपय खेलाडीहरु छैनन । तापनि ईङल्यान्ड टोली बलियो देखिन्छ किनभने मोर्गन, बेयरस्टो, मोईन अली, जेसन रोय जस्ता खेलाडीहरुले यो सिरीजमा खेल्नेछन । सिरीजको पहिलो खेल बिहिवार नेपाली समय अनुसार साझ ६.४५ मा सुरु हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *