अष्ट्रेलियाकी बेथ मूनी महिला बिग बास लिगको पर्थ स्कोर्चसमा आबद्व

डिसी नेपाल
१५ साउन २०७७ ११:२७

काठमाडौं । महिला बिग बास लिग (डब्लुबिबिएल) को टिम पर्थ स्कोर्चसको आगामि सिजनको लागि टिममा अष्ट्रेलियन ब्याटसम्यान बेथ मूनी आबद्व भएकी छिन । डब्लुबिबिएलको ईतिहासमा सबैभन्दा बढि रन बनाउने दोस्रो ब्याटसम्यान मूनीले ब्रिस्बेन हीटको लागि खेल्दै पछिल्लो ५ सिजनमा कुल २ हजार ५ सय ७६ रन बनाएकी छिन । साथै पछिल्लो दुई सिजनमा लगातार उपाधि जित्ने टिमको महत्वपूर्ण सदस्य पनि थिईन ।

मूनीले यो बर्षको टि २० विश्वकपको ६ पारीमा कुल २५९ रन बनाउदै प्लेयर अफ द टुर्नामेन्ट भएकी थिईन । साथै उनी टि २० विश्वकपको एकै संस्करणमा सबैभन्दा बढि रन बनाउने ब्याटसम्यान पनि बनिन ।

डब्लुबिबिएलको छैठौं सिजनमा स्कोर्चसले १७ अक्टुवरमा सिडनी थन्डर्स बिरुद्व प्रतियोगितामा सुरुवात गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *