नगरपालिकाद्वारा एकेडेमीलाई खेलकूद सामग्री हस्तान्तरण

डिसी नेपाल
१५ साउन २०७७ १९:३१

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाकाले मध्यपुर कराते एकेडेमीलाई कराते खेलमा आवश्यकपर्ने खेलकूद सामग्री हस्तान्तरण गरेको छ । मध्यपुरथिमि नगरपालिका–४ बप्पामा सञ्चालित एकेडेमीमा आज आयोजना गरिएको कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले खेलकूदका सामग्री हस्तान्तरण गरे । उनले नगरको विकासमा खेलकूदका माध्यम पनि एक भएको चर्चा गर्दै खेलकूदबाट पनि नगर तथा देशको नाम अन्तरराष्ट्रियस्तरसम्म पु¥याउन सकिने बताए ।

आफ्नो कार्यकालमा खेलकूदको विकासमा कुनै कसर बाँकी नराख्ने भन्दै उहाँले चालू आर्थिक वर्ष २०७७र७८ मा एकेडेमीको भौतिक तथा खेल विकासका लागि रु ८० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । त्यस अवसरमा नगरपालिकाले गत आव २०७६÷७७ को बजेटबाट उक्त एकेडेमीलाई करिब पाँच लाख बराबरको पञ्जा, सिन गार्ड, किक पायड, किक डमी, किक सिलिण्डर, गमसिल, कोण, स्कियीङ्ग रोल, स्कोर बोर्ड, घडी, सिटी, रनिङ रोप, म्याटलगायत सामग्री सहयोग गरेको एकेडेमीका सचिव अभयन्द्र रञ्जितकारले जानकारी दिए।

कार्यक्रममा एकेडेमीका अध्यक्ष तथा वरिष्ठ कराते प्रशिक्षक सजन श्रेष्ठले खेलका माध्यमबाट युवाको शारीरिक तथा मानसिक वृत्तिविकास गर्नमा महत्वपूर्ण भूमिका रहेको भन्दै सो एकेडेमीमा हाल ५० जना स्थानीय कराते खेल प्रशिक्षणका क्रममा रहेको बताए। उपाध्यक्ष अजय श्रेष्ठले नगरभित्र खेलकूद क्षेत्रको द्रुतगतिमा विकास हुनुमा नगरपालिकाको महत्वपूर्ण भूमिका रहेको भन्दै युवा तथा बालबालिकाको व्यक्तित्व विकास गर्ने उद्देश्यले एकेडेमीको स्थापना भएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *