पहिलो खेलमै आयरल्यान्ड पराजित

डिसी नेपाल
१६ साउन २०७७ ११:१३

काठमाडौं । बिहिवारबाट ईङल्यान्ड र आयरल्यान्ड बिच सुरु भएको एकदवसीय सिरीजको पहिलो खेलमा आयरल्यान्ड ६ विकेटले पराजित भएको छ । ईङल्यान्डको साउथ हैम्पटनमा सुरु भएको खेलमा घरेलु टोलीले टस जितेर पाहुना टोली आयरल्यान्डलाई ब्याटिङ गर्ने निम्तो दियो । टस हारेर ब्याटिङ गरेको आयरल्यान्डको सुरुवात राम्रो हुन सकेन । टिमका भरपर्दा ब्याटसम्यान पउल स्टर्लिङ पहिलो ओभरको चाथौं बलमै डेभिड विलिको बलमा इयोन मोर्गनको हातबाट क्याच आउट हुन पुगे । आयरल्यान्डका लागि कुर्टिस कैन्फरले अविजित (५९), एन्ड्रयु मैकब्राइन (४०), जेरेथ डेलानी र केविन ओ ब्रायन (२२), क्रेग यंग (११) रन बनाउदा आयरल्यान्डले ५० ओभरमा १७३ रन मात्र बनाउन सक्यो ।

१७४ रनको लक्ष्य लिएर मैदानमा आएको ईङल्यान्डले २७ं.५ ओभरमा ४ विकेट गुमाउदै सहजै लक्ष्य पुरा गर्यो । ईङल्यान्डका लागि स्याम विलिङसले अविजित (६७), कप्तान इयान मोर्गन अविजित (३६), जेम्स विन्से (२५), जेसन रोय (२४) र टोम बेन्टनले (११) रन बनाएका थिए ।

बलिङमा ईङल्यान्डका लागि डेविड विलीले सवार्धिक (५), साकिब महमूद (२), आदिल राशिद र टोम करनले एक एक विकेट लिए । ईङल्यान्डका डेविड विली खेलमा म्यान अफ द म्याच घोषित भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *