आईपीएललाई भारत सरकारले दियो अनुमति, १० नोभेम्बरमा फाइनल हुने
काठमाडौं। फ्रेन्चाइज क्रिकेटको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता इण्डियन प्रीमियर लीग (आईपीएल) आयोजना गर्न भारत सरकारले अनुमति दिएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार भारत सरकारले अनुमति दिएपछि अब सँयुक्त अरब इमिरेट्स (यूएई)मा आईपीएल हुने पक्का भएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को आईपीएल गभर्निंग काउन्सिलको बैठकले आईपीएलको सेड्युलसमेत पारित गरेको छ। जसअनुसार १९ सेप्टेम्बरबाट १० नोभेम्बरसम्म ५३ दिन खेल हुने जनाइएको छ।
यस्तै आईपीएलको टाइटल स्पोन्सर चिनियाँ स्मार्ट कम्पनी भिभो यथावत रहेको छ। भारत र चीनबीच तनाव भएपछि भिभो आईपीएलको स्पोन्सरबाट बाहिरिने अनुमान गरिएको थियो। बीसीसीआईले यो पटकदेखि महिला आईपीएल पनि हुने जनाएको छ।
आईपीएलको एक टिम दिल्ली क्यापिटलबाट नेपाली खेलाडी सन्दीप लामिछानेले पनि खेल्दै आएका छन्। लामिछानेका लागि यो आईपीएल तेस्रो संस्करण हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment