अन्ततः भारतीय क्रिकेटले चीनको अगाडि घुँडा टेक्यो, भारतभित्रै तीब्र विरोध

डिसी नेपाल
१९ साउन २०७७ ९:०२

काठमाडौं। भारतमा चीनको तीब्र विरोध र चिनियाँ उत्पादनहरु बहिष्कार गर्ने अभियान चलिरहेको छ । केही चिनियाँ एपहरु प्रतिबन्ध समेत लगाइएको छ । तर, देशको सबैभन्दा लोकप्रिय खेल क्रिकेटले भने चीनको अगाडि घुँडा टेकेको छ । आर्थिक कारोबारका हिसाबले विश्वकै सबैभन्दा ठूलो मानिएको क्रिकेट लिग इण्डियन प्रिमियर लिगमा ठूला चिनियाँ प्रायोजकहरु यथावत रहने भएका छन् । भारतमा चीनको जति विरोध भए पनि भारतीय क्रिकेट बोर्ड बीसीसीआइले चिनियाँ प्रायोजकलाई हटाउने हिम्मत गर्न सकेन ।

यससँगै भारतमा आइपिएलको मुख्य प्रायोजक भीभोका विषयमा भारतमा तीब्र विरोध भइरहेको छ । भीभो चिनियाँ मोवाइल कम्पनी हो र आइपिएलको मुख्य प्रायोजक हो । भीभो मुख्य प्रायोजक कायमै रहेपछि जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री र नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले आइतबार भने ‘जब देशका मानिसहरु छिमेकी देश चीनले लद्दाखमा घुसपैठलाई मध्यनजर गर्दै चिनियाँ सामानहरुको बहिष्कार गरिरहेका थिए, त्यतिबेला आइपिएलले आफ्ना सबै प्रायोजकहरुलाई कायमै राख्ने अनुमति दियो जसमा छिमेकी देशका प्रायोजक पनि छन् ।’

अगाडि उमर अब्दुल्लाले भनेका छन् ‘बीसीसीआइ वा आइपिएल गभर्निङ काउन्सिलले ठूला चिनियाँ कम्पनीहरुसहित सबै प्रायोजकलाई कायमै राख्ने फैसला गरेको छ । मलाई ती बेवकुफहरुको लागि नराम्रो लाग्छ जसले आफ्नो चिनियाँ टिभीलाई आफ्नो बाल्कोनीबाट फ्याँकिदिए, यतो देख्नको लागि ।’ उमर अब्दुल्लाका अलावा स्वदेशी जागरण मञ्चले पनि बीसीसीआइको निर्णयको विरोध गरेको छ । मञ्चका राष्ट्रिय सहसंयोजक अश्वनी महाजनले आइपिएललाई एउटा व्यवसाय भएको र यो व्यवसाय चलाउनेहरु देशप्रति असंवेदनशील भएको र उनीहरुलाई देशको चिन्ता नभएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *