शाहीद आफ्रिदीको विश्वरेकर्डमा सचिन तेन्दुलकरको योगदान ! १८ वर्षसम्म कायम थियो रेकर्ड

डिसी नेपाल
१९ साउन २०७७ १२:३२

काठमाडौं। पाकिस्तानी अलराउण्डर शाहीद आफ्रिदीले १९९६ मा श्रीलंकाविरुद्ध एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक बनाएर विश्वरेकर्ड बनाएका थिए । त्यतिबेला उनले ११ छक्का र ६ चौकासहित ३७ बलमा शतक पूरा गरेका थिए । यनको यो इनिङलाई लिएर उनका पूर्व साथी खेलाडी अजहर महमुदले निकै रोचक खुलासा गरेका छन् । महमुदले ‘द ग्रेटेस्ट राइभलरी’ पडकास्टमा यो रोचक खुलासा गरेका हुन् ।

महमुदका अनुसार आफ्रिदीले यो विश्वरेकर्ड आफ्नो ब्याटबाट नभइ सचिन तेन्दुलकरको ब्याटबाट बनाएका थिए । यो इनिङमा शाहिदले सचिन तेन्दुलकरको ब्याटले खेलेका थिए जुन ब्याट उनलाई अजहर युनुसले दिएका थिए । खासमा सचिन तेन्दुलकरले नयाँ ब्याट बनाउनको लागि आफ्नो पुरानो ब्याट वकार युनुसलाई नमूनाको रुपमा दिएका थिए जुन ब्याट युनुसले शाहिद आफ्रिदीलाई दिएका थिए ।

आफ्रिदीको यो रेकर्ड १८ वर्षसम्म कायम रह्यो । २०१४ मा न्यूजिल्याण्डका कोरी एण्डरसनले ३६ बलमा शतक बनाउँदै यो रेकर्ड तोडे । एण्डरसनको रेकर्ड एक वर्षमात्र कायम रह्यो । २०१५ मा दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सले ३१ बलमा शतक बनाउँदै एण्डरसनको रेकर्ड तोडे । डिभिलियर्सको ३१ बलमा शतकको रेकर्ड अझै कायमै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *