आर्सनललाई एफए कपको उपाधी

डिसी नेपाल
१९ साउन २०७७ १२:५८

काठमाडौं । एफए कपको उपाधि आर्सनलले जितेको छ। शनीवार राति वेम्बलीमा भएको फाइनल खेलमामा चेल्सीलाई एकका विरुद्ध दुई गोलले हराउँदै गर्दै आर्सनलले उपाधि जितेको हो ।

आर्सनलका लागि दुवै गोल पेरिक–एम्रिक आबमेयाङले गरे। खेल शुरु भएको पाँचौँ मिनेटमा चेल्सीका क्रिस्टियन पुलिसिचले गोल गरेका थिए तर २८ औँ मिनेटमा आबमेयाङले गोल फर्काएपछि खेल बराबरीको स्थितिमा पुगेको थियो। दोस्रो हाफको ६७ औँ मिनेटमा आबमेयाङले अर्को गोल फर्काएपछि आर्सनल विजयी बन्न पुग्यो। खेलको ७३ औँ मिनेटमा म्याटिओ कोभचिचले दुईवटा पहेँलो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो।

१४ औं पटक एफए कपको उपाधि उचालेको आर्सनल सबैभन्दा धेरै पटकसम्म उपाधि जित्ने क्लब बनेको छ। यसअघि २०१७ मा पनि चेल्सीलाई २–१ को गोल अन्तरले नै हराउँदै आर्सनलले एफए कप जितेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *