क्रिकेट खेलाडीहरुले पैसा नपाएको अन्तर्राष्ट्रिय क्रिकेटरर्स संघको खुलासा

डिसी नेपाल
१९ साउन २०७७ १९:३८

काठमाडौं । चर्चित लिगका करिब ३४ प्रतिशत खेलाडीहरुले आफ्नो सम्भौता अनुसारको रकम नपाएको अन्तर्राष्ट्रिय क्रिकेटरर्स संघ (फिका) ले खुलासा गरेको छ । पछिल्लो २ बर्षमा खेलाडीहरुले उक्त रकम नपाएको फिकाको ग्लोबल रोजगार रिपोर्टमा जनाईएको छ ।

सन २०१८ र २०१९ बिचमा बनाईएको यो रिर्पोट करिब २७७ खेलाडीहरु संग गरिएको कुराकानीको आधारमा बनाईएको हो । दुई बर्षपछि आएको रिर्पोटका अनुसार विश्वका बिभिन्न फ्रेन्चाईजी लिगहरुमा ३४ प्रतिशत खेलाडीहरु मध्ये कतिपयले सम्भौता अनुसारको पैसा नपाएको र पैसा पाउनेले पनि ढिलो पाएको बताईएको छ ।

फिकाले आईसीसी बाट मान्यता प्राप्त लिगहरु यस्तो कार्य गरेको भन्दै आईसीसीमा रिर्पोट गरेको छ । फिकाका रिर्पोट अनुसार क्यानडाको ग्लोबल टि २० लिग, बङलादेश प्रिमियर लिग, अबु धाबी टि १०, कतार टि १०, युरो टि १० स्लयाम र मास्टर्स च्याम्पियन नामहरु रहेका छन ।

साथै रिर्पोटमा जिम्बाबेमा क्रिकेट खेलाडीहरुले बोर्डको तर्फबाट सम्भौता अनुसारको रकम नपाएको बताईएको छ । रिर्पोटमा बङलादेशले पनि आईसीसी प्रतियोगिताहरुको प्राईज मनि आफ्ना खेलाडीहरु लाई नदिएको आरोप छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *