क्रिकेट खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाउने तयारी (भिडियो)

डिसी नेपाल
१९ साउन २०७७ २०:२६

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले कोरोना महामारीपछि पहिलो पटक राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षणमा खेलाडीलाई बोलाउने तयारी गरेको छ ।

डिसी नेपालका संगको कुराकानीमा क्यानका कोषाध्यक्ष रोशन सिंहले क्यानले राष्ट्रिय क्रिकेट टोलीलाई भदौ १ देखि प्रशिक्षणमा राख्ने तयारी गरिरहेको बताए । उनले त्यसअघि साउन २७ वा २८ मा सबै खेलाडी र मैदानका कर्मचारीको क्यानको पहलमा स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षण गर्ने बताए । करिब ६ महिनापछि क्यानले राष्ट्रिय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउन लागेको हो ।

क्यानले बन्द प्रशिक्षणमा बोलाउनु अघि देखीनै काठमाडौंमा रहेका क्रिकेट खेलाडीहरुले ब्यक्तिगत रुपमा टियु मैदानमा गएर प्रशिक्षण गरिहरेका छन । क्यानको बन्द प्रशिक्षण आईसीसीले आगामी दिनमा आयोजना गर्ने क्रिकेट प्रतियोगिताको तयारी पनि रहेको सिंहले बताए । साथै क्यानले पिसिआर परीक्षण पछि खेलाडीहरुलाई टियु मैदानमा भएको पूर्वाधारलाई ब्यवस्थित गरेर सुबिधाजनक बस्ने व्यबस्था मिलाउने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *