मोटरसाइकलको ठक्करबाट मृत्यु

डिसी नेपाल
२० साउन २०७७ १२:५९

बुटवल । बुटवल उपमहानगरपालिका –२ गढिटोलस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लु २१ प ३८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गढिटोल निवासी ४५ वर्षीय सुरेन्द्र केशरीको गए राति मृत्यु भएको हो।

उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको ५ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *