रोनाल्डो युभेन्टस छाडेर पीएसजी जाने

डिसी नेपाल
२० साउन २०७७ १३:३५

काठमाडौं। पोर्चुगिज फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर पीएसजी जाने तयारी थालेका छन् । रोनाल्डोले युभेन्टस छाड्ने प्रयास सुरु गरिसकेको फ्रान्स फुटबलले जनाएको छ । रिपोर्टमा रोनाल्डो युभेन्टसमा खुसी नभएको बताइएको छ ।

युभेन्टस र पीएसजीले हालै आ–आफ्नो देशको लिग उपाधि जितेका छन् । रिपोर्टका अनुसार ३५ वर्षीय रोनाल्डोको किलियन एम्बाप्पे र नेयमारसँग खेल्ने चाहना छ । रोनाल्डो नेयमारसँग निकै नजिक भएको र एम्बाप्पेसँग रहेर खेल्न निकै इच्छुक भएको रिपोर्टमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *