सिरीज क्लीन स्वीप गर्ने दाउमा ईङल्यान्ड

डिसी नेपाल
२० साउन २०७७ १६:४१

काठमाडौं । ईङल्यान्ड र आयरल्यान्ड बिच जारी एकदिवसीय सिरीजको अन्तिम खेल मंगलवार हुदैछ । पछिल्लो दुई एकदिवसीयमा लगातार जित हातपारेको ईङल्यान्डले मंगलवार हुने अन्तिम खेलमा जितहात पार्दै सिरीज क्लिन स्विप गर्ने दाउमा हुनेछ । यो जित संगै ईङल्यान्डले विश्वकप सुपर लिगमा पनि आफ्नो स्थान बलियो बनाउन चाहन्छ । साथै आयरल्यान्डले सिरीजको अन्तिम खेलमा जितहात पार्दै आफ्नो प्रतिष्ठा जोगाउन चाहन्छ ।

पहिलो खेलमा आयरल्यान्डले टस हार्दै ईङल्यान्डलाई केवल १७२ रनको चुनौती दिएको थियो । लक्ष्यलाई घरेलु टोलीले ६ विकेट गुमाउदै सहज जित हातपारेको थियो । दोस्रो खेलमा आयरल्यान्डले केही सुधारिएको प्रदर्शन गर्दै ९ विकेट गुमाएर २११ रन बनाएको थियो । खेलको दोस्रो ईनिङमा २१२ रनको लक्ष्य लिएर जवाफि ब्याटिङमा आएको ईङल्यान्डले चार विकेटको जित हातपारेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *