भारतबाट स्रोत नखुलेको १६ लाख रुपैयाँ नेपाल आएका सोनार पक्राउ
सांकेतिक तस्वीर
काठमाडौं। कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोलीले निज सोनारलाई उल्लेखित रुपैयाँसहित पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज सोनारलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको र निजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो।
पक्राउ परेका सोनारलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment