ईङल्यान्ड बिरुद्व टेस्टको लागि पाकिस्तानी टोलीको घोषणा
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले अगस्ट ५ देखी म्यान्चेस्टरमा हुने पहिलो टेस्टको लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ । बोर्डले टोलीमा २ विकेट किपर मोहम्मद रिजवान र सरफराज सहित नशीम शाह र शाहेन अफ्रीदीलाई पहिलो टेस्टको लागि टोलीमा सामेल गरेको छ ।
पाकिस्तानी टोलीमा अजहर अली (कप्तान), बाबर आजाम (उप–कप्तान), अबिद अली, असहद सफिक, फवाद आलम, ईमाम उल हक, काशिफ भाटी, मोहम्मद अब्बास, मोहम्मद रिजवान (विकेट किपर), नसीम शाह, सरफराज अहमद (विकेट किपर), शादब खान, शाहेन शाह अफ्रिदी, शान मसुद, शोहील खान र यासिर शाह रहेका छन ।
पाकिस्तान र ईङल्यान्ड टोलीले एकअर्का बिरुद्व ३ टेस्ट र ३ टि २० खेल खेल्नेछ । तिन खेलको टेस्ट सिरीज विश्व टेस्ट च्याम्पियनशिप अनतर्गतको खेल रहेको छ । यसअघि पाकिस्तानले टेस्ट सिरीजको लागि सन २०१६ मा ईङल्यान्ड भ्रमण गरेको थियो । चार खेलको उक्त सिरीज २–२ ले बराबरी भएको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment