पाकिस्तानमा क्रिकेट प्रतियोगिताको फाइनलमा अन्धाधुन्ध गोली प्रहार

डिसी नेपाल
२३ साउन २०७७ २२:५८

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वाप प्रान्तको ओराक्जई जिल्लामा शुक्रबार एक स्थानीय क्रिकेट प्रतियोगिताको फाइनल खेलको क्रममा अन्धाधुन्ध गोलि प्रहार भएको छ । तर गोलीकाण्डमा कसैको ज्यान भने गएको छैन ।

पाकिस्तानी वेबसाईट द न्यूजले जनाएअनुसार एक प्रत्यक्षदर्शीले स्थानीय क्रिकेट प्रतियोगिताको फाइनल खेल हेर्नका लागि धेरैको संख्यामा मानिसको उपस्थिती थियो । तर जब त्याहा खेल सुरु भयो, त्यसको केहि समयमै मैदानको नजिकै रहेको पहाडबाट आतंककारी हरुले अन्धाधुन्द गोली प्रहार गरेको बताए । खेलाडी दर्शक र पत्रकारहरु घटनास्थल बाट भागेर ज्यान जोगाएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार गोलिबारी यति चाँडो गरिएको थियो की आयोजकलाई खेल रोक्नुको विकल्प भएन । त्यहाँको एक पुलिस अधिकारीले आरक्जई स्काउट्स र फ्रटियर कोरसँग मिलेर आतंककारीले खेलाडीविरुद्ध हमला गरेको बताए ।

पाकिस्तानमा सन् २००९ मा श्रीलंकन क्रिकेट टिमको बसमाथि आतकंकारी हमला भएको थियो । त्यसपछि पाकिस्तानमा अन्तराष्ट्रिय क्रिकेट फर्कन निकै समय लागेको थियो । एक दशकसम्म पाकिस्तानले आफ्नो होम ग्राउण्डका रुपमा यूएई लाई बनाएको थियो । त्यो बेला पाकिस्तानले सबै अन्तराष्ट्रिय खेल यूएईमा खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *