म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, रियल मड्रिड बाहिरियो
काठमाडौँ । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको अन्तिम १६ को दोस्रो लिगमा स्पेनिस महारथी रियल मड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै सिटी समग्रमा ४-२ को अग्रता सहित क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
सिटीको जितमा रहिम स्टरलिंग र गाब्रियल जिससले एक एक गोल गरेका थिए भने रियल म्याड्रिडका लागि एक गोल करिम बेन्जामाले गरेका थिए । योसँगै रियल म्याड्रिड च्याम्पियन्स लिग बाट बाहिरिएको छ । रियल दुवै लिगमा सिटीसँग २-१ गोल अन्तरले पराजित हुदै बाहिरिएको छ । अब सिटी अगस्त १५ मा क्वाटरफाइनलमा लियोनसँग खेल्ने भएको छ ।
प्रतिक्रिया
Facebook Comment