युभेन्ट्सले बर्खास्त गर्‍यो मुख्य प्रशिक्षक सार्रीलाई

Getty


एजेन्सी । इटालियन क्लब युभेन्ट्सले मुख्य प्रशिक्षक मउरिजो सार्रीलाई बर्खास्त गरेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ बाट टिम बाहिरिएपछि युभेन्ट्सले सार्रीलाई बर्खास्त गरेको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा शुक्रबार राति फ्रेन्च क्लब लियोनलाई २–१ ले पराजित गरेपनि युभेन्ट्स बाहिरिएको थियो । लियोन ‘अवे गोल’ को आधारमा अन्तिम आठमा पुगेको थियो । इटालियन प्रशिक्षक सार्री सन् २०१९ मा युभेन्ट्सको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

उनले यस सिजन युभेन्ट्सलाई सिरी ए को उपाधि दिलाएका थिए । तर, च्याम्पियन्स लिगमा टिम चुकेपछि सारी बर्खास्तमा परेका हुन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो