डब्लुएचओबाट बाहिरिने अमेरिकी निर्णयमा पुनः विचार हुने टेड्रोसको अपेक्षा

डिसी नेपाल
२४ साउन २०७७ २१:४७

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले महामारी फैलिरहँदा अन्तर्राष्ट्रिय समूहले एकता र सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । सङ्कटको बेला संगठनबाट बाहिरिने अमेरिकी सरकारको निर्णयमाथि पुनःविचार हुनसक्ने आशा आफूले लिएको उनले बताए ।

उनले यदि अमेरिकाले डब्लुएचओसँग कुनै समस्या देखेको भए यसको समाधान संगठनभित्रबाटै हुने उनले बताए । जुनसुकै मूल्याङ्कनमाथि खुला धारणा राखिरहेकोले अलग्गिनै पर्ने कुनै आवश्यकता नरहेको उनको भनाइ थियो ।

उनले मेलमिलापयुक्त विश्वलाई ठूला देशबीचको सहयोग र एकता चाहिएको भन्दै ठूलो मुलुकले विश्वको एकता बढाउन आवश्यक भूमिका निर्वाह गर्नसक्ने आशा आफूले लिएको पनि बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *