को हुन ओली ? जस्ले पाकिस्तान बिरुद्वको दोस्रो टेस्ट खेल्दैछन्

डिसी नेपाल
२४ साउन २०७७ २२:३५

काठमाडौं। साउथेम्प्टनमा पाकिस्तानबिरुद्वको दोस्रो टेस्टमा ईङग्ल्यान्डका तिव्र गतिका बलर रोबिन्स ओलीले पुनरागमन गर्दैछन्। शनिबार ईङग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले घोषणा गरेको टोलीमा उनको नाम परेको हो। २६ वर्षीय क्रिकेटर ओली क्यान्टबरीमा केन्टबिरूद्ध ससेक्सका लागि बब विलिस ट्रफीमा खेल्ने तरखरमा रहेका थिए। तर दोस्रो टेस्टमा उनको नाम आएपछि उनी केन्टबिरूद्धको खेलबाट बाहिरिएका छन्।

ससेक्सका ओली घरेलु क्रिकेट अन्तर्गत पहिलो श्रेणीको खेलमा तिव्र गतिका बलरको रुपमा प्रख्यात रहेका छन्। अग्लो कदका सिमर खेलाडी ओलीको घरेलु क्रिकेट अन्तर्गत पहिलो श्रेणीको खेलमा अतुलनीय प्रदर्शन रहेको छ। उनले २१.८६ को औसतमा ५७ खेलमा २२४ विकेट लिएका छन्। उनले एकै खेलमा समान १४–१४ पटक पाँच विकेट र चार विकेट लिएका छन् भने चार पटक १० विकेट लिने कीर्तिमान पनि उनको नाममा रहेको छ। साथै उनले घरेलु क्रिकेट अन्तर्गत पहिलो श्रेणीको खेलमा २१.१३ को औसतमा १ हजार ४ सय १६ रन बनाएका छन्।

सन् २०१५ मा डरहम बिरुद्वको डेब्यु खेलमै चार विकेट लिएका ओलीले छोटो समयमै आफूलाई अब्बल खेलाडीको रुपमा साबित गरेका छन्। गत दुई बर्षदेखि उनी प्रशिक्षक जेसन गिलेस्पीको प्रशिक्षणमा आफूलाई तयार गरिरहेका छन्। प्रशिक्षक जेसन गिलेस्पी आफैमा कुनै समयका घातक बलर थिए। गतबर्ष उनको टोली ६३ औं पटक च्याम्पियन बन्दा मिडेलसेक्सबिरूद्ध उनले १४ विकेट लिँदै शानदार प्रदर्शन गरेका थिए।

ओली ससेक्सका लागि खेल्नु अगाडि दोस्रो श्रेणीका खेलहरु ह्याम्पशायर र एसेक्सका लागि खेलेका थिए। दोस्रो श्रेणीको खेलमा डेब्यु गर्ने क्रममा उनले वारविक्रेशरबिरूद्ध उत्कृष्ट प्रदर्शन गर्दै ३३ रन दिएर ६ विकेट लिएका थिए। उल्लेखनीय कुरा के हो भने, ओलीले पछिल्ला दुई सत्रमा १३७ च्याम्पियनसिप विकेटहरू लिएका छन् जुन अरू कुनै पनि खेलाडीहरु भन्दा बढि हो। ईङग्ल्यान्ड लायन्सले २०१९–२० मा अष्ट्रेलिया ए को बिरुद्व जित हासिल गर्दा उनले ईङग्ल्यान्ड लायन्सका लागि सात विकेट लिएका थिए।

ओलीलाई एक बहुमुखी प्रतिभा भएका बलरको रुपमा चिनिन्छ। किनभने पातलो डालका सिमर बलरले सामान्य सिम–अपसँगै अफ स्पिन बलिङ गर्ने क्षमता राख्दछन्। जुनकुरा ओलीले पछिल्लो बर्ष भएको च्याम्पियनसिप खेलमा देखाईसकेका छन्। संयोगवस उनी ईङल्यान्डका पूर्व क्रिकेटर पउल फारब्रेसका सौतेला छोरा हुन् जसले उनलाई यार्कशायरमा प्रशिक्षण दिएका थिए।

उनको विशेषतालाई मध्यनजर गर्दै ईङग्ल्यान्डको बन्द प्रशिक्षण शिविरमा एजेस बाउल राखिएको छ। वेस्टईन्डिजबिरुद्वको टेस्टमा रोटेशन–नीतिलाई ध्यानमा राख्दै यी युवा बलरलाई एजेस बाउलमा हुने आगामि खेलमा अवसर दिईएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *