कास्कीमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु

डिसी नेपाल
२५ साउन २०७७ ९:५७

कास्की। कास्कीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। सङ्क्रमण पुष्टि भई उपचाररत पोखरा–१९ का एक ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको होे।

यही साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’को सघन उपचारकक्षमा उपचाररत ती पुरुषको गए राति ११ः३५ बजे उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए।

हालसम्म पश्चिमाञ्चल अस्पतालमा उपचारका क्रममा तीन सङ्क्रमितको मृत्यु भएकामा स्याङ्जाका दुई जना छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *