बुद्ध भारतीय भएको भारतीय विदेशमन्त्रीको भनाइप्रति सरकारको असन्तुष्टि
काठमाडौं। भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई भारतीय भन्दै दिएको अभिव्यक्तिप्रति सरकारले असन्तुष्टि जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले बुद्ध नेपालमा जन्मिएका हुन भन्ने ऐतिहासिक तथ्य विश्वलाई थाहा भएको उल्लेख गर्दै तै पनि गौतम बुद्धलाई भारतीय हुन् भनेर अभिव्यक्ति दिनु सुनियोजित रुपमा नकार्न खोजेको टिप्पणी गरे।
भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध महान भारतीय भएको बताएका थिए। शनिबार कन्फेरेसन अफ इण्डियन इण्डस्ट्रिजले गरेको भर्जुअल कार्यक्रममा विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए।
भारतीय विदेशमन्त्रीले भगवान गौतम बुद्धलाई भारतीय बताएपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराईले गौतम बुद्धको जन्म नेपालमा भएको ऐतिहासिक तथ्यालाई सवैले स्वीकार गरेको बताएका हुन्।
‘बुद्ध नेपालमा जन्मिएका हुन भन्ने ऐतिहासिक तथ्य विश्वलाई थाहा छ,’ भट्टराईले डिसी नेपालसँग भने, ‘ तै पनि गौतम बुद्धलाई भारतीय हुन् भनेर अभिव्यक्ति दिनु सुनियोजित रुपमा ऐतिहासित तथ्यलाई नकार्न खोजेको जस्तो देखिन्छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment