चिनियाँ कम्पनी भीभोले आइपिएललाई झट्का दिएपछि बीसीसीआइ अध्यक्षले के भने ?

डिसी नेपाल
२५ साउन २०७७ १५:०५

काठमाडौं। चिनियाँ कम्पनी भिभोले इण्डियन प्रिमियर लिग (आइपिएल)को शीर्ष प्रायोजकबाट पछि हटेपछि अहिले भारतीय क्रिकेट बोर्ड आर्थिक समस्यामा परेको छ । यसै वर्ष आइपीएल संचालन गर्ने गरी तालिका सार्वजनिक भइसकेको छ तर बीसीसीआइले अर्को प्रायोजक पाएको छैन । भीभो बाहिरिएपछि बीसीसीआइलाई ४४० करोड घाटा लागेको छ । अर्को प्रायोजक यही मूल्यमा पाउने सम्भावना छैन जसका कारण आइपिएललाई निश्चित रुपमा ठूलो रकम घाटा लाग्नेछ । यद्यपि भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)का अध्यक्ष सौरभ गांगुलीले भने यसलाई सामान्य झट्का भएको दावी गरेका छन् ।

गांगुलीले यसबाट बीसीसीआइलाई खासै फरक नपर्ने दावी गरे । गांगुलीले बीसीसीआइको जग बलियो भएको दावी गर्दै यस किसिमका सामान्य धक्कालाई झेल्न सक्ने बताए । बीसीसीआइसँग यस्ता परिस्थितिसँग जुध्नको लागि पहिले नै प्लान बी हुने पनि उनले दावी गरे । भीभोले आइपिएललाई दिने रकममा आधा रकम आठ फ्रेन्चाइजी टिमहरुलाई बराबर बाँडिन्छ । हरेक फ्रेन्चाइजीले हरेक वर्ष २७.५ करोड पाउँछन् । सम्झौता रद्द हुँदा ८ वटै फ्रेन्चाइजीले यो रकम गुमाउनेछन् ।

बीसीसीआइले दबाबमा यो वर्षको डील कायम राख्न नसके पनि अर्को वर्ष भीभोलाई नै मुख्य प्रायोजक बनाउने योजना बनाइरहेको छ । २०२१ मा तीन वर्षको लागि नयाँ सम्झौता गर्ने तयारी छ । यद्यपि भीभोलाई कायम राख्न नसके पनि बीसीसीआइले चिनियाँ कम्पनीलाई नै मुख्य प्रायोजक बनाउने तयारी गरिरहेको छ । नयाँ प्रायोजकको दौडमा बैजू, अमेजन, रिलायन्स जियो र कोकाकोला इण्डिया छन् । बैजू भारतको राष्ट्रिय टिमको पहिलेदेखि नै प्रायोजक भएकोले उसले आइपिएलको नयाँ प्रायोजकको अवसर पाउन सक्ने सम्भावना उच्च भएको बताइएको छ ।

बैजूले प्रायोजक पाए पनि आइपिएल चिनियाँ कम्पनीबाट बाहिर निस्कन सक्ने छैन किनकि बैजूमा पनि चिनियाँ बहुराष्ट्रिय कम्पनी टेनसेन्टको लगानी छ । बैजूले आइपिएलको प्रायोजनको लागि ३०० करोड दिने प्रस्ताव गरेको छ । यदि यस्तो भएमा आइपिएललाई शीर्ष पयोजकबाट आउने रकममा १४० करोड घाटा लाग्नेछ । यसबाट हरेक फ्रेन्चाइजी टिमलाई ८.७५ करोड घाटा लाग्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *