फुटबल खेलाडीहरुको पिसिआर परिक्षण सोमवार देखी

डिसी नेपाल
२५ साउन २०७७ १७:०७

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य तथा कर्मचारीहरुको सोमवार देखी पिसिआर परिक्षण हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । पछिल्लो योजना अनुसार एन्फाले खेलाडी, प्रशिक्षक, टिमका स्टाफहरु तथा खेलाडीहरु बस्ने होस्टलका कर्मचारीहको पिसिआर परिक्षण गर्ने भएको हो । पिसिआर परिक्षणको रिर्पोट आएपछि मात्रै एन्फाले खेलाडीहरुलाई प्रशिक्षणको लागि होस्टलमा राख्ने ब्यवस्था गर्ने भएको छ । हाल उपत्यका बाहिरबाट खेलाडी क्वारेन्टाईनमा र काठमाडौंमा रहेका खेलाडीहरु होम क्वारेन्टाईनमा रहेका छन ।

एन्फाले सुन्दर ढोका साथी संगको सहकार्यमा एन्फा परिसर, होस्टल तथा प्रशिक्षण स्थललाई कोभिड–१९ संक्रमण रहित बनाउन आवश्यक प्रोटोकल र उपायहरुलाई कार्यान्वयन गरेको छ । सबैको पिसिआर परिक्षण गर्न दुई दिन समय लाग्ने एन्फाले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *