बक्सिङ संघद्वारा सदस्य–सचिव र उपाध्यक्षलाई स्वागत

डिसी नेपाल
२५ साउन २०७७ १८:१६

काठमाडौं । नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा आइतबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको छ ।

उपाध्यक्ष शिव कोइराला, सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए ।
उपाध्यक्ष कोइरालाले आवश्यकताका आधारमा राष्ट्रिय खेल संघको अस्तित्व स्वीकार गर्न जरुरी भएको बताउदै संघहरुको वर्गाीकरण गर्न आवश्यक रहेको बताए ।

सदस्य–सचिव सिलवालले कुनैपनि खेलको विकासका लागि तल्लो तहदेखि नै खेलाडी पहिचान र खेलकुदको विकास गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा बक्सिङका रविराज थापा, उमेश मास्के र नरेन्द्र पुमा, राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, बक्सिङ प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, बक्सिङका एसियाड पदक विजेता दीपक महर्जनलगायतको उपस्थिति थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *