स्क्वास प्रशिक्षक काेराेना सङ्क्रमित

डिसी नेपाल
२५ साउन २०७७ २१:२९

काठमाडौं । स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनले शनिबार पिसिआर परीक्षण गराएका थिए। परीक्षणको आज रिपोर्ट आएपछि उनमा सङ्क्रमण पुष्टि भएको हो ।

ललितपुरको सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पिसिआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको उनले बताए। उनि अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टिनमा बसेका छन् । उनले परिवारका सबै सदस्यको पिसिआर परीक्षण गराइने बताए । उनले डेढ दशकदेखि स्क्वासका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *