एमबाप्पे पुनः टोलीमा समेटिए

डिसी नेपाल
२६ साउन २०७७ १०:१२

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिग अन्तर्गत एटलान्टाविरुद्धको क्वाटरफाइनल खेलका लागि चोटसँग संघर्षरत युवा स्टार केलियन एमबाप्पेलाई टोलीमा समेटेको छ ।

एमबाप्पेले गत २५ जुलाईमा सेन्ट इटिनेविरुद्धको फ्रेन्च कप फाइनल दौरान चोट बोकेका थिए । उनी पुुर्ण रुपमा फिट हुन कम्तीमा तीन साता लाग्ने बताइएपनि पीएसजीले आफ्ना स्टार फरवार्डलाई टोलीमा समेटेको हो ।

सेन्ट इटिनेका डिफेन्डर लोइच पेरिनले घातक फल गरेपछि एमबाप्पे खेलको ३१ औं मिनेटमा नै मैदान छोड्न बाध्य भएका थिए । पीएसजीले १–० ले उपाधि जितेपछि उनले बैशाखीकै साहारामा टिमसँग खुशियाली मनाएका थिए ।

पीएसजीले एटलान्टासँग १३ अगष्टमा पोर्चुगलको लिस्वनमा खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *