आईपीएल २०२० प्रायोजन दौडमा बाबा रामदेवको पतञ्जलि

डिसी नेपाल
२६ साउन २०७७ ११:०३

काठमाडौं । आईपीएलको १३ औं सिजनबाट भिभो बाहिर भएपछि अहिले भारतका ठुला कम्पनीहरु आईपीएलको टाईटल स्पोन्सरको दौडमा रहेको छन । टाईटल स्पोन्सरको लागि बिभिन्न कम्पनीहरुले चासो देखाईरहेको अवस्थामा बाबा रामदेवको कम्पनी पतञ्जलिले पनि चासो देखाएको ईकनोमिक्स टाईम्सले जनाएको छ । पतञ्जलिका प्रबक्ता एसके तिजारावालाका अनुसार उनीहरुले पतञ्जलिलाई ग्लोबल ब्रान्ड बनाउन चाहेको र आईपीएलमा प्रायोजन गर्ने बारेमा कम्पनीले बिचार गरिरहेको बताएका छन ।

जानकारी अनुसार आईपीएलको प्रायोजन दौडमा जियो, एमेजोन, टाटा ग्रुप, ड्रिम ११ र बायजु जस्ता कम्पनीहरुले रुची देखाएका छन । बीसीसीआईले आईपीएल १३ को नयाँ प्रायोजकको लागि सम्पूर्ण पारदर्शिता र प्रक्रियाहरु अपनाउन चाहन्छ। बीसीसीआईका अनुसार टेन्डर प्रक्रिया मार्फत प्रायोजकहरूको छनौटको लागि अनुसरण गरिनेछ किनभने बोर्डले पारदर्शिता चाहन्छ। आमन्त्रित बोलपत्र अन्तर्गत लिलामीका विजेताले युएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बर बीच युएईमा हुने आईपीएलको १३ औं सत्रको प्रायोजक नियुक्त हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *