पाकिस्तान बिरुद्वको टेस्ट सिरीजबाट स्टोक्स बाहिर

डिसी नेपाल
२६ साउन २०७७ १२:४३

काठमाडौं । पाकिस्तान बिरुद्व खेलिरहेको तिन खेलको टेस्ट सिरीजमा पहिलो खेल जित्दै ईङल्यान्ड सिरीजमा १–० को अग्रता बनाएको छ । सिरीजका अन्य दुई खेलहरु हुनु अगावै ईङल्यान्ड टोलीलाई ठुलो झट्का लागेको छ । दोस्रो र तेस्रो टेस्टमा ईङल्यान्डका स्टार अलराउन्डर बेन स्टोक्स पारिवारीक कारण नखेल्ने भएका छन । आईतवार बेन स्टोक्सले पाकिस्तान संग भईरहेको टेस्ट सिरीजबाट आफ्नो नाम फिर्ता लिएका छन । उनी अब दोस्रो र तेस्रो टेस्टमा खेल्ने छैनन् । ईङल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)ले सो कुराको पुष्टि गर्दे उनले सिरीजबाट नाम फिर्ता लिएको मुख्य कारण भने जनाएको छैन ।

ईसीबीका अनुसार स्टोक्स यहि हप्ता न्युजिल्यान्ड जादैछन । उनी पाकिस्तान बिरुद्व १३ अगस्ट र २१ अगस्ट हुने टेस्ट खेलमा खेल्ने छैनन । क्राइस्टचर्चमा जन्मेका २९ बर्षीय स्टोक्स हाल ईङल्यान्ड टिमका एक नियमित तथा अहम सदस्य हुन । उनको प्रदर्शनमा ईङल्यान्डले २०१९ को विश्वकप फाईनल र अष्ट्रेलिया बिरुद्वको एशेज सिरीज लगायत अन्य थुप्रै खेलहरु जितेको छ । उनले गत महिना भएको वेस्टईन्डिज बिरुद्वको पहिलो टेस्टमा ईङल्यान्डको लागि कप्तानी पनि गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *