भारतका पूर्वराष्ट्रपति ८४ वर्षीय प्रणव मुखर्जी कोरोना संक्रमित

डिसी नेपाल
२६ साउन २०७७ १४:०७

काठमाडौं। भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोरोना संक्रमित भएका छन् । सोमबार दिउँसो मुखर्जीले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । ‘यसपटक फरक प्रयोजनका लागि अस्पतालको यात्रा, आज म कोरोना पोजेटिभ परीक्षण भएको छु’ मुखर्जीले ट्वीटमा लेखेका छन् । मुखर्जीले विगत एक हप्तामा आफ्नो सम्पर्कमा आएकाहरुलाई परीक्षण गराउन र आइसोलेट हुन आग्रह गरेका छन् ।

मुखर्जी ८४ वर्षका छन् । उमेरका कारण अन्य स्वास्थ्य समस्या समेत भएका कारण उनलाई अस्पताल भर्ना गरिएको छ । कांग्रेसका नेता रहेका मुखर्जी २०१२ देखि २०१७ सम्म देशका राष्ट्रपति थिए । २०१९ मा उनलाई भारत रत्नले सम्मानित गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *