नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या

डिसी नेपाल
२६ साउन २०७७ १८:०७

नियामी, नाइजर । नाइजरमा छ जना फ्रान्सेली नागरिकको हत्या भएको समाचारमा जनाइएको छ । ती मारिएका नागरिक फ्रान्सका सहायताकर्मी भएको बताइएको छ । प्राप्त समाचारमा जनाइएअनुसार नाइजरको नियामीबाट करिब ६५ किलोमिटर टाढा रहेको कोरे भन्ने ठाउँमा ती फ्रान्सेली नागरिकको हत्या भएको हो ।

उनीहरु सहायता कार्यका लागि त्यहाँ पुगेका थिए । उनीहरुलाई बन्दुकधारीहरुले हत्या गरेका बताइएको छ । यस विषयको विस्तृत समाचार भने आएको छैन । ती सहायताकर्मीहरुले अन्तर्राष्ट्रिय सहायता समूह एटिसीइडीमा काम गर्ने गरेका थिए । सोही समूहका ती सहायताकर्मीलाई नै लक्ष्य गरेर बन्दुकधारीहरुले हमला गरेका प्रारम्भिक सूचनामाा जनाइएको छ ।

आफ्ना ती नागरिक नाइजरमा मारिएको फ्रान्स सरकारले पनि पुष्टि गरेको छ । उनीहरु आइतबार मारिएका फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जनाएको हो । यसअघि सो समाचार अल जाजिरा टिभीले दिएको थियो । उनीहरु किन मारिएका हुन् र कसले हत्या गरेको हो भन्ने बारेमा भने केही खुलेको छैन ।

फ्रान्सेली राष्ट्रपति एम्यानुयल म्याक्रोले नाइजरका राष्ट्रपति मोहमदु इसोफूसँग फोनमा कुराकानी गरेको अल जाजिरा टिभीले जनाएको छ । नाइजरका राष्ट्रपति मोहमदु इसोफूले उक्त घटनाको निन्दा गरेका छन । यसरी नागरिकको हत्या गर्ने काम जघन्य अपराध भएको भन्दै फ्रान्सेली सरकार र नागरिप्रति उनले सहानुभूति दिएको पनि सो समारमा जनाइएको छ । यस घटनाको अनुसन्धान शुरु भएको छ । हत्या कसले र किन गरेको हो भन्ने बारेमा केही बताइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *