साउदीमा ज्यान गुमाएका श्रमिकको ४ करोड ६५ लाख रकम नेपाल पठाइयो (विवरणसहित)

डिसी नेपाल
२७ साउन २०७७ १०:३६

रियाद । वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक साउदी अरबमा ज्यान गुमाएका ९५ श्रमिकले पाउन बाँकी रहेको १४ लाख ५४ हजार ६ सय ८९ साउदी रियाल (नेपाली करिब ४ करोड ६५ लाखभन्दा बढी) रकम रियादस्थित नेपाली दूतावासमार्फत काठमाडौँ पठाइएको छ।

रोजगारीको सिलसिलामा विभिन्न कारणले मृत्युवरण गरेका नेपाली श्रमिकका परिवारले सम्बन्धित कम्पनीबाट बुझ्न बाँकी रहेको तलब, भत्ता, सर्भिस बेनिफिट तथा ब्लडमनी वापतको रकम काठमाडौंस्थित कन्सुलर सेवा विभागको खातामा ट्रान्सफर गरिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार यो रकम मृतकका कानूनी हकवालाले प्राप्त गर्न सक्नेछन्।

त्यस्तै दुर्घटनामा दोस्रो पक्षको संग्लनता भई साउदीमा ज्यान गुमाएका नेपाली श्रमिकहरुका हकवालाको तर्फबाट विभिन्न अदालतहरुमा दूतावासले बहस तथा पैरवी गरिरहेको जनाएको छ । तर, कोरोना महामारीले गर्दा अदालतका कामहरु अहिले पूर्ववत् सञ्चालन नभएकोले अवस्था सामान्य हुनासाथ स्थगनमा रहेका अन्य मुद्दाहरुको नियमित फलो–अप गरिने दूतावासले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *