म्यान्चेस्टर युनाईटेड र ईन्टर मिलान सेमिफाइनलमा प्रवेश

डिसी नेपाल
२७ साउन २०७७ १०:५६

काठमाडौं । यूरोपा लिगअन्तर्गतका क्वाटर्फाइनलका खेलहरूमा म्यान्चेस्टर युनाईटेड र ईन्टर मिलान विजयी भएको छ । सोमवार राती ईटालियन क्लब ईन्टर मिलान र जर्मन क्लब बायर लिभरकुशनबीच भएको खेलमा ईन्टर मिलानले लिभरकुशनलाई २–१ ले पराजित गरेको छ । मिलानका लागि खेलको खेलको १५ औं मिनेटमा निकोलो बरेल्लाले गर्दे टोलीलाई अग्रता दिलाए । लगतै मिलानका रोमेलु लुक्काउले खेलको २१ औं मिनेटमा अर्को गोल गर्दे टिमको अग्रता २–० ले बढाए । लिभरकुशनका लागी खेलको २४ औं मिनेटमा काई हार्भेटले गोल गर्दे टोलीलाई २–१ स्थितिमा ल्याउदा पनि टिमलाई हारबाट जोगाउन सकेनन । पहिलो हाफमा लगातार २ गोल गरेको मिलानले दोस्रो हाफमा गोल गर्न सकेन ।

सोमवार राती भएको अर्को खेलमा इङ्लिश क्लब म्यान्चेस्टर युनाइटेड ले डेनिश क्लब कोपनहेगनलाई १–० ले पराजित गरेको छ । म्यान्चेस्टरका लागि एकमात्र गोल ब्रुनो फेनान्ड्रिसले खेलको अक्तिरिक्त समयमा पेनाल्टी मार्फत गरेका थिए । जितसंगै म्यान्चेस्टर युनाइटेड र ईन्टर मिलान यूरोपा लिगको सेमिफाईनलमा प्रवेश गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *