एटलेटिकोका दुई खेलाडी कोरोना संक्रमित

डिसी नेपाल
२७ साउन २०७७ १२:३६

काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा सहभागिता जनाउन र्पोचुगल जाने एटलेटिको म्याड्रिड टिमका दुई खेलाडीहरुमा कोरोना संक्रमण देखिएको छ । यद्यपि टिमले यात्रा गर्नका लागि अनुमति पाएको छ। युरोपको शीर्ष क्लब प्रतियोगिताको अन्तिम चरणमा भाग लिने क्लबहरू मध्ये कोरोना भाइरस माहामारी सम्बन्धित यो पहिलो केस हो।

क्लबका अनुसार एन्जेला कोरिया र साइमे वर्साल्कोलाई कोरोना परिक्षणको क्रममा पोजेटिभ देखिएको हो । सम्पूर्ण टिमको पुनः जाँच गर्दा बाँकी सबै खेलाडीहरुको नकरात्मक नतिजा आएको छ। अन्तिम आठका खेलहरु कडा स्वास्थ्य नियमहरुका बिच बुधवार देखि लिस्बनमा खेलिने कार्यक्रम रहेको छ।

दुबै सेमीफाइनल र २३ अगस्टमा हुने फाइनल पनि लिस्बनमा हुनेछ। क्वार्टरफाइनलमा भाग लिने अन्य क्लबहरूले उनीहरूको कुनै पनि खेलाडी हालसालै गरिएको कोरोना परिक्षणको क्रममा संक्रमित नभएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *