विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण सम्पन्न

डिसी नेपाल
२७ साउन २०७७ १६:१४
24
Shares

काठमाडौं । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका २४ खेलाडीको कोरोना परीक्षण सम्पन्न भएको छ । लगनखेलस्थित पाटन अस्पतालमा सोमवार पहिलो चरणमा ११ खेलाडीसहित एक प्रशिक्षक, एक फिजियो र एन्फा होस्टलका १२ कर्मचारीसहित २५ जनाको कोरोना परीक्षण गरिएको थियो भने मंगलवार थप २४ खेलाडीको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

मंगलवार कोरोना परीक्षण गर्ने खेलाडीहरुमा तेज तामाङ, विकेश कुथु, आशिस लामा, अजित भण्डारी, एरिक बिष्ट, सेसेहाङ आङदेम्बे, बिक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अविशेक रिजाल, सुवास गुरुङ,अनन्त तामाङ, सुनिल बल, अन्जन बिष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्ज प्रिन्स कार्की र सुजल श्रेष्ठ रहेका छन ।

यस अघि सोमबार विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिंग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको कोरोना परिक्षण गरिएको थियो ।

विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण भदौ १ गतेबाट शुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोटअन्तर्गत नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रङ्गशालामा हुने तीन खेल असोज र कात्तिकमा आयोजना हुनेछ ।

समूह ‘बी’मा रहेको नेपालले पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनिज ताइपेईलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया छ ।

तस्वीर : एन्फा

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *