मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने व्यक्तिलाई जेल सजाय

डिसी नेपाल
२७ साउन २०७७ १९:३१

काठमाडौं । मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने नेपालीलाई त्यहाँको अदालतले जेल सजाय सुनाएको छ। क्वालालम्पुर स्थित म्याजिस्ट्रेट अदालतले उनलाई ४ महिनाको जेल सजाय सुनाएको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ।

केही दिनअघि उक्त कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। मलेसियास्थित नेपाली दूतावासले पीडक र पीडित दुवै नेपाली नै भएको खुलासा भएको थियो।

पीडित नवलपरासीका इस्लाम हुसेन हुन भने पीडक कपिलवस्तुका रामगोपाल मुराउ रहेको दूतावासले पुष्टि गरेको हो। भिडियोमा देखिएको घटना ७ जुलाई २०२० हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *