पूर्व रूसी कप्तानको कुटपिटका कारण फुटबल रेफ्री अस्पताल भर्ना

डिसी नेपाल
२८ साउन २०७७ १५:१६

काठमाडौं । पूर्व रूसी कप्तान तथा सेन्ट पिटर्सबर्गका नायक मानिने रोमन शिरोकोभलाई आपराधिक मुद्वामा परेका छन । उनले फुटबल खेलको क्रममा म्याच रेफ्रीलाई नराम्रो संग कुटपिट गरेका छन । कुटपिटका कारण रेफ्री घाइते भएका छन र उनलाई अस्पतालमा भर्ना गरिएको छ। सोमबार भएको एक फुटबल खेलको क्रममा यो घटना भएको हो ।

मस्को सेलेब्रिटी कपको क्वार्टर फाइनल खेलमा रोमनले म्याच रेफ्री निकिता डान्चेन्कोभ सँग विवाद गरेका थिए। पेनाल्टी बक्समा ट्याकल गरेपछि रोमनलाई पेनाल्टी दिएको कारण उनी बिबादमा उत्रिएका थिए। उनलाई कार्ड देखाउन लागेका रेफ्री माथि उनी चिच्याएका थिए । घटनाको प्रत्यक्षदर्शीहरुका अनुसार रोमनले रेफ्रीलाई तपाईंले रातो कार्ड देखाउनुभयो भने म तपाईंलाई दिनेछु भन्दै रेफ्री माथि आक्रमक शैलीमा प्रस्तुत भएका थिए ।

रेफ्रीले रातो कार्ड देखाएपछि रोमनले रेफ्री माथि आक्रमण गर्न थाले। आक्रमणक कारण रेफ्रीको आखिभौंमा चोट पुगेको छ । रिपोर्टका अनुसार मैदानमा रेफ्री घाईते भएपछि खेल रद्द गरिएको थियो। प्रतियोगिताका आयोजकहरूले यो घटनालाई लाजमर्दो भनेका छन्।

३९ वर्षीय मिडफिल्डर रोमनले ५७ अन्तर्राष्ट्रिय खेलहरू जितेका छन् र उनले आफ्नो करियरमा तीन यूईएफएफए च्याम्पियनशिप पनि खेलेका छन्। क्लब स्तरमा उनले २००८ मा यूईएफएफए कप जिताएका थिए




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *